डडेल्धुराको नवदुर्गा गाउँपालिकाद्धारा वडामै योजना सम्झौता

ललित बोहरा,डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले वडामा सञ्चालन हुने योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयमै गर्न सकिने व्यवस्था मिलाएको छ।

यो प्रावधानसँगै सम्झौता गर्न उपभोक्ता समितिले गाउँपालिका केन्द्र धाउनुपर्ने बाध्यता हटेको छ।

‘वडास्तरीय योजनाहरूको सम्झौतासम्बन्धी शिविर’ नै चलाएको छ। गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङले चालू आर्थिक वर्षमा कार्यान्वयन हुने विकास योजना वडामै गएर सम्झौता गर्ने लक्ष्यअनुरूप शिविर सञ्चालन गरिएको बताए।

sanke

सो कार्यक्रम अन्र्तगत आईतबार वडा नम्बर ४ मा ३० योजना सम्झैता भएको वडा अध्यक्ष पदम बिष्टले बताए । वडा र पालिका अन्र्तगतका सबै योजना वडामै सम्झैता गरिएको बिष्टले बताए ।

सबै वडामा सहज यातायातका साधनको पहुँच नहुँदा उपभोक्ता दुईदेखि तीन घण्टा हिँडेरै गाउँपालिकासम्म पुगेर योजना सम्झौता गर्नुपर्ने बाध्यतामा थिए। ससाना योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका केन्द्र पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उदेश्यसहित यो कार्य थालिएको गाउँपालिका उपाध्यक्ष तथा योजना तर्जुमा समिति संयोजक निर्मला बिष्ट बोगटीले बताइन् ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!