बैतडी: पाटनमा जिप दुर्घटना

बैतडी:

बैतडीमा जिप दुर्घटनामा परेको छ । पाटन नगरपालिका ४ तोली भन्ने स्थानमा शनिबार बिहान साढे १० बजेतिर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

sanke

देहीमाण्डौंबाट धनगढीतर्फ गइरहेको सु प प्र ०१–००१ च ३१२५ नम्बर बोलेरो जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो । जिपमा १० जना सवार रहेका र उनीहरु सबै सकुशल रहेका प्रहरी निरीक्षक खत्रीले बताए ।

जिपको ब्रेक फेल भएर सडकको भित्तामा ठोकीन गई सडकछेउमै जिप पल्टेको प्रहरीले जनाएको छ । सडक छेउमै जिप रोकिएका कारण ठूलो दुर्घटनाबाट भने जोगिएको छ ।

Leave A Reply

Your email address will not be published.