पुर्चौडी नगरपालिका बैतडीले दियो चस्मा पसललाई ९ लाख सरकारी बजेट

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाले एक चस्मा पसललाई बजेट दिएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर १ स्थित हाटमा रहेको पुर्चौडी आँखा उपचार केन्द्रलाई ९ लाख बजेट विनियोजन गरेको हो।

गत वर्ष खुलेको आँखा उपचार केन्द्रमा दुई जना कर्मचारी र एक जना कार्यालय सहयोगी रहेका छन्। कार्यालय सहयोगीको तलबभत्ता नगरपालिकाले उपलब्ध गराउँदै आएको छ। स्थानीयले भने नगरपालिकाबाट चस्मा पसललाई बजेट दिने काम भएको बताएका छन्।

नगरपालिकाले च्यारिटी हेल्थ फाउन्डेसन नामक गैरसरकारी संस्थालाई आँखा उपचार केन्द्र खोल्न आग्रह गरेको र यो वर्ष ९ लाख बजेट छुट्याइएको नगर उपप्रमुख मिना धानुकले बताइन्। उनले नगरपालिकामा आँखा सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज होस् भनेर आँखा उपचार केन्द्र खोलिएको र सबैको सहमतिमा यो वर्ष बजेट दिइएको बताइन्।

स्थानीयले भने आँखा उपचार केन्द्रले चस्मा बिक्री गर्दै आएको बताएका छन्। केन्द्रमा कार्यालय सहयोगी मात्रै हुने अन्य दुई जना प्राविधिक केन्द्रमा नआउने गरेको बताइएको छ। उपप्रमुख धानुकले भने दुई जना प्राविधिकको परीक्षा भएकाले अनुपस्थित रहेको बताइन्। उनले आँखा उपचार केन्द्रबाट स्थानीयले उपचार पाइरहेको बताएकी छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.