च्यारिटी हेल्थ फाउन्डेसन दियो अमरगढी नगरपालिकालाई शव वाहन

डडेल्धुरा :

च्यारिटी हेल्थ फाउन्डेसन नेपालले अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेको छ । फाउन्डेसनका अध्यक्ष डाक्टर विद्या पन्तले नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेका हुन् ।

शव वाहन हस्तान्तरण गर्दै डाक्टर पन्तले सुदूरपश्चिमका पहाडी जिल्लामा शव वाहन नभएर समस्या भएकोले सहयोग गरिएको जानकारी दिए । `डडेल्धुरासहित अन्य पहाडी जिल्लामा पनि अमरगढी नगरपालिका शव वाहनमार्फत सेवा दिनेमा विश्वास लागेको छ,´ उनले भने, `सर्वसुलभ शुल्कमा सेवा दिनेछ भन्नेमा पनि म विश्वस्त छु ।´ २० लाख ५० हजारमा शव बाहन खरिद गरेर हस्तान्तरण गरिएको पन्तले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले शव वाहन सहयोग गरेकोमा च्यारेटी हेल्थ फाउन्डेसन र अध्यक्ष पन्तलाई धन्यवाद दिए ।

Leave A Reply

Your email address will not be published.