बैशाख १ गतेदेखि पालिकाबाटै श्रम स्वीकृति

काठमाडौं :

आगामी बैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ ।

sanke

श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी बैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाएको जनाएको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गरी स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फर्म भर्न सकिने मन्त्रीस्तरीय निर्णय भएको जनाएको हो ।

यसका लागि वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.