बैतडी:
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कैलालीले बैतडीलाई ४ विकेटले पराजित गरेको छ। यसअघि लगातार दुई खेल जितेको बैतडी तेस्रो खेलमा पराजित भएको हो।
बैतडीले दिएको १०९ रनको लक्ष्य कैलालीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो। जसमा रूबी पोद्दारले अर्धशतकीय पारी खेल्दै ५१ रन जोडिन्। बैतडीका लागि जानकी थापा, निर्मला भण्डारी, बसन्ती बोहरा र लक्ष्मी महरले १/१ विकेट लिए।
त्यसअघि कैलालीको तेघरीस्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेको बैतडीले २० ओभरमा ८ विकेटको क्षतिमा १०८ रन बनायो। जसमा कप्तान रितु कनौजियाले अर्धशतकीय पारी खेल्दै ६२ रनमा अविजित रहिन्।