डडेल्धुरामा जीप दुर्घटना, ८ जना घाइते

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना भएको छ।  जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जीप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकका अनुसार घटना बारे थप विवरण आउन बाँकी छ।

नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जीप दुर्घटना भएको र ८ जना घाइते भएको जानकारी दिए।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।

Leave A Reply

Your email address will not be published.