मोटरेबल पुल निमार्णमा १० बर्ष : ५ पटक म्याद थप, दुई करोड खर्च, अझै अलपत्र

ललित बोहरा, पाटन / बैतडी :
एउटा मोटरेबल पुल निमार्ण गर्न कति समय लाग्ला, २ वा ३ बर्ष बढीमा । तर बैतडीमा एउटा यस्तो पुल छ जसमा प्रत्येक बर्ष बजेट भुक्तानी हुन्छ तर पुल निमार्ण सम्पन्न नै हुदैन् ।

सडक डिभिजन कार्यालय बैतडीले निमार्ण गरिरहेका त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबलमा करोडौ खर्च गरेको छ तर पुल अधुरै छ ।
जिल्लाको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नया गाडको त्रिपुरेश्वर निमार्णधिन मोटरेबल पुल १० बर्षदेखी अलपत्र छ । कहिले स्थानीयको बिरोधको बहानामा काम भएन् भने कहिले बजेट अभाव त कहिले निर्णाय व्यवसायीको लापरवाहीले ।

प्रत्येक बर्ष असारमा रनिङ बिल भुक्तानीका लागि अली–अली काम हुने गरेको थियो भने पछिल्लो करिब १ बर्षबाट पुर्णरुपमा ठप्प छ ।
जेठ अन्तिम तिर ५८ प्रतिशत भौतिक प्रगति भइसकेको सरकारी निकायको तथ्याङकमा भएन असारको बर्षाको पानीले भरेको माटो तथा अन्य भौतीक संरचनाहरु बगाएको थियो ।

जहिले एक मात्र उत्तर यो बर्ष पुल बन्छ बन्छ मात्र सुन्नु परेको छ स्थानीय प्रकाश भट्टराईले बताए । १० बर्ष भयो अब बन्छ अब बन्छ अब त यहि बर्ष बन्छ भन्दा भन्दा तर यो बन्छ भन्ने नारा मात्र छ सडक डिभिजन र निमार्ण व्यवसायीको बन्दैन्न । उनले भने,

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूर्णता पाउन सकेको छैन् ।
निर्माण व्यवसायी लगायत अन्य प्राविधिक कारणहरुले ढिलाई भएको स्वीकार गर्दै सडक डिभिजन बैतडीले गत आर्थिक बर्षका् असार भित्र पुल निर्माणले पूर्णता पाउने दाबी पनि काम लागेन् ।

यो बर्ष पनि काम छिटो सम्पन्न गर्ने ताकेता पत्र दिइएको सडक डिभिजन बैतडी डिभिजन प्रमुख कुन्द प्रशाद लामिछानेले बताए । ‘ठेकेदारलाई ताकेता पत्र पठाएका छौ । यो बर्ष नसकिए ठेक्का रद्ध हुन्छ।’ उनले भने, ‘यो पुलले हाम्रो कार्यालयको पनि शन्देश राम्रो छैन अब दुई मध्ये एउटा काम हुन्छ ।’

निर्माणको जिम्मा पाएको कम्पनीले भने पाँच पटक म्याद थप गर्दा पनि निर्माण गर्न नसेको हो । २०७१ भदौ १५ गते पुल निर्माण लागि सम्झौता भएपनि ३२ महिना मोटरेबल पुल बन्ने ठाउँमा जाने बाटोको विवाद, १ वर्ष संघ र प्रदेश मध्ये कसले हेर्ने भन्ने अन्यौलता लगायतका मुआम्बजा विवादहरुले पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको भनाई छ ।

बालुवा गिट्टी ढुवानीको काम सुरु भएकाले अब यो बर्ष निमार्ण सम्पन्न गर्ने निमार्ण कम्पनीका प्रतिनिधी तथा सुदूरपश्चिम निमार्ण व्यवसाय संघका उपाध्यक्ष मदन मोहन बिष्टले बताए ।

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घण्टौँ पैदल हिड्नुपर्ने कैलपाल सकारको स्थानीयहरुको बाध्यता रहेको छ । सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण गाडि चढ्न नपाएको स्थानीय कष्ण बोहराले बताए ।

पाटनदेखि वाड नं १ को सकार र वडा नम्बर ७ कैलपालसम्म सडक सञ्जाल बिस्तार भएको छ । तर वर्षातमा मोटरेबल पुलकै अभावका कारण आफुहरुले गाडि चढ्न नपाएका स्थानीय बोहराले बताए । निर्माण कम्पनी र सरकारका कारण सास्ती भोग्नु परेको स्थानीय राम भट्टराईले बताए । बर्षातको समयमा आफ्नै नगरपालिका आउन डडेल्धुराको बाटो प्रयोग गर्नु पर्ने वडा नम्बर ७ का स्थानीय मोहन चन्दले बताए ।

हेलो सरकारमा समेत गुनोसो पटक पटक रेर्कड गरेपनि सम्बोधन नभएको वडा नम्बर १ का वडा अध्यक्ष तर्क सिह ठगुन्नाले बताए । २ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैँयाको लागतमा निर्माण भइरहेको पुल अझै सम्पन्न नहुँदा निर्माण कम्पनीका ठेकेदार र सडक डिभिजनको अहिले आलोचना भइरहेको छ । निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु पनि आक्रोशित बनेका छन् ।

सुर्नया नदिमा मोटेरेबल पुल समयमा निमार्ण नदिमा अस्थायी बाटो बनाउन बर्षेनी लाखौ सरकारी बजेट खर्च भइरहेको छ । पछिल्लो ७ महिनामै दुई पटक सडक डिभिजन कार्यालयले अस्थायी बाटोका लागि कोटेशनमार्फत लाखौ खर्च गर्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.