ललित बोहरा
विनोडा : बैतडी
दुःखले थिचिएकी जयन्ती पन्त, अहिले उमेरले ३५ बर्षकी भइन्। किशोरी अवस्थामै विवाह बन्धनमा बाधिइन् । रमाउने तथा कमाउने अनी जमाउने उमेर २५ बर्ष नपुग्दै श्रीमानलाई सडक दुर्घटनामा गुमाइन्। श्रीमान गुमाउदाँ एक छोराकी आमा बन्नेकी थिइन् भने एक छोरा खोममै थियो । श्रीमानले साथ छोडेपछि बैतडीको पाटन नगरपालिका वडा नम्बर २ विनोडाकी जयन्तीका दुःखका दिन सुरु भए ।
श्रीमान र एक जेठाजु दुर्घटनामा गुमाएकी उनले काठक्रिया गरिन् । त्यो पिडा विस्तार विस्तारै बिर्षिदै सानो पैत्तीक सम्पत्तीमा आएको कच्ची घरको एक कोठा देवरबाट नगद दिएर विक्रि गरिन् र त्यहाँबाट आएको पैसा, ज्याला मजदुरी गरेको रकमको जोहो गर्दै स्थानीय काठ र जस्ताको पात्ताले छोएको दुई कोठे घर निमार्ण गरिन् ।
घर बनाएर टन घराईसी सामान जोडीन् नयाँ भाडाकुडामा खाना पकाउन सुरु नगर्दै मध्यरातको देखिने सपना जसरी आखाँ अगाडी नै घर खरानी भयो ।
‘माईती, यहाँका आफ्न्त तथा पहिलेदेखी जम्मा गरेको पैसाले एक बर्ष लगाएर बनाएको सानो झुपडीमा पनि रात काटन् पाउन मेरो भाग्यमा नलेखेको रहेछ, जयन्तीले भनिन्, ‘अब म कहाँ जाउँ टेक्ने ठाउँ नै खरानी भयो मेरो आखा अगाडी ।’
सानो खेतमा एक किनार तिर रात कटाउने झुपडी बनाएर दुई छोरा पढाई रहेकी जयन्ती २७ गते राती खाना खाएर सुत्ने समय देवरानीको घर गएन् ।
७ बजे नै सुत्न त्यहाँ पुगि सकिन् उनीसंगै भएको कान्छो छोरा पनि गृह कार्य गर्ने भन्दै किताबको झोला बोकेर आमासंगै अंकलको घर गए। राती निद्रामा रहेकी जयन्तीलाई करिब ११ बजे राती जेठानीले घरमा आगो लग्यो भन्दै बोलाउन आउदाँ जस्ताको पात्ता भित्र आगो अत्याधिक भइरहेको रहेछ ।
गाउँले सबै आए पानी हाले तर कसैको केही चल्ने स्थानीय शिक्षक जगदिश ऐरले भने, ‘रातीको समयमा दुःख घटना भयो आगलागीले घर जलेर अन्तीम दिर पुगीसकेपछि थाहा भयो भित्र भित्र काठ घर सबैको आखा अगाडी खरानी भयो, जयन्तीलाई आगोमा हाम फाल्नबाट जोगाउन सक्यौ । ’
बर्षभरी खाने गास, ओड्ने, विछाउने तथा लगाउने कपडा, पकाउने भाडाँकुडा, लगाउने सुन तथा नगद रकमसमेत त्यो रात खरानी भयो ।
यस्तो त विनोडा गाउँमा कहिले भएको थिएन् स्थानीय मदनराज पन्तले भने, ‘दुःखमा परेकी एकल महिला जयन्तीलाई थप शोक भयो गाउँ नै दुःखीत छ ।’
जयन्तीले अहिले पाटन नगरपालिकामार्फत ओड्ने, विछाउने तथा लगाउने कपडा, पकाउने भाडाकुडा तथा रासन पाईन् तर आगो कहाँ बाल्ने भन्ने चिन्ता छ । रुदै उनले भनिन्, ‘मेरो पिडामा मलम नगरपालिकाले लगायो अब घर बनाउन सहयोगका लागि म सबैमा बिन्ती गर्छु मैले अरुको घरमा कती रात कटानु हो।’
स्थानीय तह पाटन नगरपालिकाले उपलब्ध गराएको राहत घरमै पुगाउनु पुगेका नगर उपप्रमुख कमल बोहराले घर बनाउन पनि नगरपालिकाले सहयोग गर्ने बताए । उनले भने, ‘यहाँ पुगेर जयन्तीको घर हेरे जलेर खरानी भाछ, राहत दियौँ अब सबै मेलेर घर बनाउन तिर लाग्छौ। नगरपालिकाले पनि सहयोग गर्छ।’
स्थानीयले घर बनाउन श्रमदान गर्ने तयारी गरेका छन् । उनको घर बनाउन सहयोग आएको रकमले खरिद गर्नु पर्ने समान खरिद गर्ने र श्रमदान गरेर घर निमार्णमा छिटै लाग्ने आफ्न्त श्याम पन्तले बताए । उनले भने, ‘रात दिन रुदै खरानी भएको घर हेरछीन उनले घर बनाउनमा सबै लाग्ने गाउँलेले सल्लाहा गरिरहेका छौ छिटै सुरु गछौँ। ’
जयन्तीलाई आर्थिक सहयोग जुटन सुरु भएको स्थानीय हेमन्त ऐरले बताए ।
सामाजीक सञ्जालमा जयन्ती पन्त नामको चेकको फोटो पोष्ट गर्दै उहाँका आफ्न्त तथा गाउँका युवाहरुले अभियान सुरु गरेको छ । अहिलेसम्म करिब ५० हजार सहयोग संकलन भएको ऐरीले बताए ।