समाचार प्रभाव : सुर्नया गाडको त्रिपुरेश्वरमा पुल निमार्ण सुरु

ललित बाेहरा

पाटन/बैतडी: बैतडीको सुर्नया गाडको त्रिपुरेश्वरमा पुल निमार्ण फेरी सुरु भएको छ । जिल्लाको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नयागाडको त्रिपुरेश्वरमाा निर्माणधीन मोटरेबल पुल निमार्ण फेरी सुरु भएको हो ।

एक ‘मोटरेबल’ पुल निर्माणमा १० वर्ष, ५ पटक म्याद थप, दुई करोड खर्च, अझै अलपत्र भन्ने शिर्षकको समाचार इन्फो समाचारमार्फत प्रकाशित भएपछि ठेकेदार कम्पनीले काम सुरु गरेको हो । कहिले स्थानीयको अवरोधको बहाना त कहिले बजेट अभाव भन्दै निर्माण व्यवसायीले काम लत्याउँदै आएका थिए।

पछिल्लो करिब १ वर्षबाट काम पूर्णरुपमा ठप्प रहेको पुल निमार्ण फेरी सुरु भएको छ । जेठ अन्तिमतिर ५८ प्रतिशत भौतिक प्रगति भइसकेको सरकारी निकायको तथ्यांकमा भनिएको पुलका भौतिक संरचनाहरु असारको वर्षाले बगाएको थियो।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूरा भएको छैन।
यो बर्ष काम सकिने ठेकेदार कम्पनीले जनाएको छ ।

याे पनि….

मोटरेबल पुल निमार्णमा १० बर्ष : ५ पटक म्याद थप, दुई करोड खर्च, अझै अलपत्र

 

 

us dintal patan
Leave A Reply

Your email address will not be published.