बैतडी : इलाका प्रहरी कार्यालय पाटन बैतडीले सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । आइतबार पाटनकाे खुल्ला मञ्चमा प्रहरीले सार्बजनि सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट सम्पादन भएका काम कारवाहीको बिषयमा जनतालाइ जानकारी गराइएको छ । प्रहरी कार्यालयबाट प्रदान भइरहेका सेवाका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले सहभागीहरुलाई जानकारी गराएका थिए ।
बैतडीमा लागु औषध विरुद्धको महाअभियान सञ्चालन गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम जारी रहेको, अपराध न्यूनीकरणका लागि समुदायसंग मिलेर काम गरिरहेको बारेमा प्रहरी नायब उपरीक्षक गिरीले बताएका थिए ।
मदिरा बिक्रि नियमन गर्ने प्रहरीलाई सहभागीले आग्रह गरेका छन् । जवाफमा प्रहरी प्रमुख गिरीले नेपाल सरकारले जारी गरेको कानुनले निषेध गर्न नसकिने बताए । उनले प्रहरी नियमन गरिरहेका बताए । प्रहरी कानुनको पालनाका साथ अगाडी बढने उनले दाबी गरे ।
कार्यक्रम नगर उपप्रमुख कमल सिह बोहरा (अपी)ले बजार सरसफाई लगाएका बिषयमा यहाँका स्थानीयको सहयोग आवश्यक रहेको बताए । सर्वसाधारणले उठाएका बिषयको प्रहरीले जवाफ दिएको छ ।