मर्मत संम्भारको पखाईमा सिलंगा मलोडा अगरीगाड सिचाइ योजना

ललित बोहरा
पाटन /बैतडी बर्षौ पहिले कोरियान सरकारले निमार्ण गरेको सिलंगा, मलोडा अगरीगाड सिचाइ योजना मर्मत सम्भारको पखाई छ ।

सिमडा, सिलंगा मलोडा लगायतका गाउँमा खानेपानीदेखी सिचाई समेत यही अगरीगाड सिचाइ योजनाबाट गर्ने पाटन नगरपालिका २ बैतडीको जनातको बाध्यता छ । १० किलो मिटर लम्बाईमा रहेको अगरीगाडबाट मलोडामा पानी पुगेको छ ।

संरक्षण अभावले अहिले यो योजनाको कुलो जिर्ण बन्दै गएको छ । १ सय २० घरुधुर यस योजनाबाट लाम्भावीत छन भने ५ सय रोपनी भन्दाबढी खेती यही योजनाबाट हुन्छ । तर ठाउँ ठाउँमा पहिरो लगायतका कारण पानीको गाउँसम्म आउन नसकेको स्थानीय कृष्ण पन्तले बताए ।

मलोडा बजारमा रहेको अगरीगाड सिचाइ जल उपभोक्ता समितिले श्रमदानमा बेला बेला मर्मत गर्ने गरेको छ । अब धेरै ठाउँमा र्ममत गर्नु परेकाले स्थानीयले सम्बन्धीत निकायलाई बजेटका लागि माग गर्ने गरेको अध्यक्ष कृष्ण पन्तले बताए ।

त्तकाल पाटन नगरपालिका, वडा कार्यालय , जलस्रोत तथा सिचाई डिभिजन कार्यालय बैतडी, प्रदेश भौतिक पूर्वाधार मन्त्रालय धनगढीलेको सत्य जाँच बुझ गरि आवश्यक बजेट विनियोजनका लागि अनुरोध गरेको अध्यक्ष पन्तले बताए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.