डडेल्धुरामा कराते रेफ्री सेमिनार सुरु

डडेल्धुरा: डडेल्धुरामा कराते रेफ्री सेमिनार सुरु भएको छ । जिल्ला कराते महासंघको आयोजनामा जिल्ला स्तरीय कराते रेफ्री सेमिनार शोमबारबाट प्रारम्भ भएको हो ।

दुई दिने सेमिनारमा प्रशिक्षणका लागि नेपाल कराते महासंघको केन्द्रीय रेफ्री कमिसनका सदस्य अन्तर्राष्ट्रिय रेफ्री प्रकाश कुमार चन्द डडेल्धुरा पुग्नु भएको छ सेमिनारमा डडेल्धुरा जिल्ला भित्रका २० जना महिला तथा पुरुष कराते प्रशिक्षकहरुसहभागी छन्।

डडेल्धुरा जिल्ला कराते महासंघकाकार्यवाहक अध्यक्ष पुष्प राज भट्टको सभापतित्वमा तुफानडाँडामासम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेय रहेका थिए ।

कार्यक्रममा डडेल्धुरा जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारी, डडेल्धुरा जिल्ला सितोरियो कराते संघका अध्यक्ष डम्बरसिंह डाँगी, डडेल्धुरा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गेहेन्द्र ठकुराठी, डडेल्धुरा जिल्ला कबड्डी संघका अध्यक्ष करन साउद, राष्ट्रिय खेलकुद परिषदबाट आयोजित राष्ट्रिय कराते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका लागि प्रथम स्वर्ण पदक जित्ने खेलाडी मध्ये एक दिपेन्द्र बहादुर देउवा लगायतखेलकुदसँग सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो िकार्यक्रमको संचालन अन्तर्राष्ट्रिय प्रशिक्षक ओमप्रकाश पन्तले गर्नु भएको थियो।  पन्तलेहालै काठमाडौँमा सम्पन्न एशियाली कराते महासंघको अन्तर्राष्ट्रिय कराते प्रशिक्षक परिक्षा उत्तीर्ण गर्नुभएको थियो ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.