ललित बोहरा
बैतडी:
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा सरकार भ्रष्टाचार विरुद्धमा निर्ममतापूर्वक अघि बढेको बताएका छन् । मंगलबार प्रेस सेन्टर बैतडीले पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचार र सुशासनको पक्षमा सरकारले अभियान निर्ममतापूर्वक अगाडि बढाएको उनको दाबी छन् ।
पार्टी प्रवक्ता समेत रहेका सापकोटाले सरकारको कामको प्रशंसा गर्दै भ्रष्टाचार र सुशासनको पक्षको जारी अभियान नरोकिएको बताए ।
उनले सरकार जोगाउन भ्रष्टाचार विरुद्धको अभियान रोक्न तिर नलागेको प्रसंग कोट्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान थप शसत्त ढंगबाट अगाडी बढीरहेको बताए ,
‘आज प्रचण्डको सक्रियतामा चलेको भ्रष्टाचारविरोधी आशाबर्दक अभियानले माओवादी सरकारमा काम गर्छ भन्ने कुरा प्रमाणित भएको छ,’ पूर्वसभामुख समेत रहेका सापकोटाले भने, ’भष्टाचार र सुशासनको पक्षमा अभियान निर्ममतापूर्वक अगाडि बढेका छन् दशै तिहारले केही फाईल अगाडी नबढेका होलान अब छिटै नयाँ नतिजा आउछन्।’
उनले भ्रष्टाचारविरुद्ध माथिबाट गरेको सरकारको काम ठीक रहेको पनि उल्लेख गरे । नेता सपकोटाले भने, ’शक्तिमा हुन आफैंप्रति निर्मम हुनु पर्छ ।’
माओवादी केन्द्रको विशेष अभियानका लागि बैतडी पुगेका उनले अभियानले नेता सच्चीनु पर्ने शन्देस कार्यकताबाट आएका बताए ।