डडेल्धुराको अजयमेरुमा उप-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

डडेल्धुरा:

डडेल्धुराको अजयमेरु गाउँपालिकामा उप-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । ‘दिर्घ जिवनका लागि खेलकुद‘ भन्ने नाराका साथ आधारभुत विद्यालय स्तरिय दोस्रो उप राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

विहीबार चम्वेताल खेलमैदानमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी खगराज भट्टले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । गाउँपालिका भित्रका १७ वडा आधारभुत बिद्यालयहरु प्रतियोगीतामा सहभागी भएका छन्।

प्रतियोगिता १३ गते समापन हुने गरी खेलहरु सञ्चालन भइरहेको अजयमेरु गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए । गत बर्षबाट गाउँपालिकाले आधारभुत तहका बिद्यालयका बिद्यार्थीहरुको खेलप्रति रुचि बढाउन उप-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने सुरु गरेको उनले बताए । डडेल्धुराका ७ वडा स्थानीय तह मध्ये अजयमेरु गाउँपालिका बाहेक कुनैले पनि उप-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न सकेका छैनन् ।

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकासको अध्यक्षतामा सञ्चालीत प्रतियोगीता उद्घाटन समारोहमा प्रमुख अतिथी प्रदेश सभा सदस्य खगराज भट्ट, विशिष्ट अतिथि संविधान सभा सदस्य हरि ज्ञावाली विशिष्ट अतिथि प्रदेश सभा सदस्य शिवसिंह ओली, अतिथि गाउँपालिकाका उपाध्यक्ष बसन्ती पाल प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रसाद ओझा रहेका थिइ भने कार्यक्रम वडा अध्यक्ष लगायतका सम्पुर्ण जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

us dintal patan
Leave A Reply

Your email address will not be published.