डडेल्धुरा:
अजयमेरु गाउँपालिका स्तरिय उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहश्रलिङ प्रथम भएको छ । डडेल्धुराको अजयमेरु गाउँपलिकाद्वारा आयोजित आधारभुत बिधालय स्तरिय खेलकुद प्रतियोगिताको उपाधी सहश्रलिङले हात पारेको हो ।
प्रतियोगितामा सहश्रलिङ मावि चमडा छ गोल्ड, चार रजत दुई कास्य प्राप्तगरी प्रथम, अजयमेरु आधारभुत विद्यालय रोल्ली तीन गोल्ड पाँच कास्य प्राप्त गरी द्वितीय र दुर्गास्थान आधारभुत विधालय गुनपाल दुई गोल्ड चार रजत र तप्न कास्य प्राप्त गर्दै तृतिय स्थान ल्याउन सफल भएको गाउँपालिकाले जनाएको छ ।
दिर्घ जिवनका लागि खेलकुदु भन्ने नाराका साथ आधारभुत विद्यालय स्तरिय दोस्रो उप राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीबारबाट सुरु भएको थियो ।
विहीबार चम्वेताल खेलमैदानमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी खगराज भट्टले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका थिए । गाउँपालिका भित्रका १७ वडा आधारभुत बिद्यालयहरु प्रतियोगीतामा सहभागी भएका छन्।