एमालेले भीम रावलसँग ‘संवाद गर्न’ गर्‍यो टोली गठन

काठमाडौं:

नेकपा एमालेले पार्टीका नेता भीम रावलसँग ‘संवाद गर्न’ तीन सदस्यीय टोली गठन गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले टोली गठन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘कमरेड भीम रावलसँग ‘संवाद गर्न’का लागि र एउटा सहमतिमा पुग्नका लागि अहिलेको मिसन ग्रासरुटको सुदूरपश्चिम प्रदेशको पार्टीको अनुगमनका लागि जानुभएका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा रहेको टोली बनाएका छौँ’, उनले भने।

उनका अनुसार टोलीले रावलसँग कुराकानी गरेर आवश्यक टुंगोमा पुग्ने र उनलाई त्यसपछि आवश्यक जिम्मेवारी दिने निर्णय गर्ने भनेर निर्णय गरिएको छ।

दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका रावल पराजित भएका थिए। त्यसपछि उनले अध्यक्ष ओलीका कतिपय निर्णय र अभिव्यक्तिको सार्वजनिक रुपमै टिप्पणी गर्ने गरेका छन्। उनले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि टिकट पाएका थिएनन्। जसलाई ओलीसँगकै अन्तरविरोधको कारणको रुपमा हेरिएको थियो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!