ललित बोहरा (भद्रपुर )डडेल्धुरा:
डडेल्धुराको अजयमेरु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ गाउँपालिको आयोजनामा आईतबारबाट पाचौं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो।
रााष्ट्रपति रनिङ शिल्डको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले एक कार्यक्रमकाबीच उद्घाटन गरे। कार्यक्रममा गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयका विद्यार्थीहरूले लामवद्ध भएर राष्ट्रिय झण्डा र आफ्नो विद्यालयको झण्डा लिएर मार्चपास गरे।
प्रतियोगितामा छात्र र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टलगायतका खेलहरू समावेश गरिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख लालबहादुर सेटीले बताए । प्रतियोगिता पुष १६ गतेसम्म संचालन हुने अजयमेरु गाउँपालिका–२ का वडाध्यक्ष शिवराज भट्टले जानकारी दिए।
प्रतियोगिता अजयमेरु गाउँपालिका–३ स्थित चन्वेताल खेल मैदानमा भइरहेको जारी छ। उद्घाटनमा बोल्दै अध्यक्ष भट्टले पछिल्लो समयमा गाउँपालिकाले खेलक्षेत्रमा आफ्नो दायर बढाएको बताए । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगरपालिकाहरुलाई समेत पछाडी पारेर हाम्रो गाउँपालिका गत बर्ष दोस्राे भएकाे थियो अध्यक्ष भट्टले भने, ‘हाम्रो खेल क्षेत्र सुधार तिर गएको छन नतिजाले पनि देखाउछ ।’ बिद्यालयमा खेल प्रशिक्षक र खेल शिक्षक मार्फत खेलकुदका गतीविधि बढेको उनले बताए ।
आधारभुत तहका बिद्यार्थीका लागि उपराष्ट्रपति रनिङ शिल्ड समेत सम्पन गरेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय तहहरूमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् भने स्थानीय स्तरबाट प्रथम भएर आउने खेलाडीहरूको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता हुने भएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र प्रसाद ओझा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधी, राजनिती दलका प्रमुख तथा प्रतिनिधी, कर्मचारी र शिक्षक, बिद्यार्थी र अभिवावकको समेत उल्लेखीय सहभागीता थियो ।