डडेल्धुरा अस्पतालको अनुगमन मन्त्री बस्नेतले भने-‘३ सय बेडको हस्पिटल चल्नु पर्यो अनि बन्छ प्रतिष्ठान’

डडेल्धुरा : 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले डडेल्धुरा अस्पतालको अनुगमन गरेका छन् । आईतबार साझँ उनले डडेल्धुरा अस्पतालका सबै विभाग तथा निर्माणाधिन भवनको समेत निरिक्षण गरेका छन् । बिरामीसंग समेत सेवा प्रवाहका बिषयमा छोटो कुराकानी समेत गरेका छन् ।

डडेल्धुरा अस्पतालको अनुगमनका क्रममा मन्त्री बस्नेतले अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा लागयतका निरक्षणमा सहभागीलाई यो पहिले तीन सय बेडको अस्पताल संचालन गर्नु पर्ने बताए । ‘ यो ३ सय बेडको हस्पिटल चल्नु पर्यो अनि मात्र बन्छ स्वास्थ्य विज्ञान प्रतिष्ठान’ त्यही हो नी कुरा । मन्त्री बस्नेतले भने,

यसबाट के देखिन्छ भने डडेल्धुरा अस्पतालमा मेडिकल कलेज हैन स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहिन्छ भन्ने विकास समिति अध्यक्ष भट्टसहित काग्रेुस सभापती शेरबहादुर देउवा नजिकका नेताहरु पनि

डडेल्धुरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान माग भएपछि डडेल्धुरा पुगेको जसरी मन्त्री बस्नेत प्रस्तुत भएका थिए । मेडिकल कलेजको प्रतिक्रिया निकै अगाडी बढेर बिद्यार्थी समेत भर्ना भइसकेको समयमा मन्त्रीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहिन्छ कसले भन्यो ?

प्रत्येक वार्ड वार्डमा भर्ना भएका बिरामीको संख्या नै मन्त्री वस्नेतले गिन्ती गरेर भने, ‘बिरामीको संख्या नै रहेन्छ बढाउनुस।’ औपचारिक कुनै कार्यक्रम डडेल्धुरामा आउन पनि नेताहरुको दबाव हो भने उनको प्रस्तुतीबाट देखिन्थो ।

अस्पतालहरूको व्यवस्थापन राम्रो नभएको कारणले आम जनताले दुख पाएको भन्दै उनले पछिल्लो समय अस्पतालहरू अनुगमन गरिरहेका छन्। अनुगमनपछि अस्पतालहरूले दिने सेवामा सुधार हुँदै गएको मन्त्री बस्नेतको भनाई छ।

कैलालीको धनगढीमा पुष १६ गते स्वास्थ्य तर्फको एक अनुसन्धान गरेको डाटा सार्वजनीक कार्यक्रम सहभागी हुन् सुदूपश्चिम प्रदेश आईपुगेका हुन् ।

चिकित्सक पठाउने आश्वासन

डडेल्धुरा अस्पतालमा चाँडै चिकित्सक पठाउने आश्वासन दिएका छन्। अस्पतालको अनुगमनका लागि आइतबार बेलुकी यहाँ आएका मन्त्री बस्नेतले चिकित्सक पठाउने बताएका हुन्।

स्थायी रूपमा अस्पतालको समस्या समाधान गर्नका लागि मेडिकल कलेज सञ्चालन गर्नुपर्ने बताए। ‘यहाँ डाक्टरको अभाव रहेछ। हामी चाँडै चिकित्सक पठाउँछौँ,’ उनले भने, ‘तर स्थायी रूपमा यहाँको समस्या समाधान गर्नका लागि मेडिकल कलेज सञ्चालन गर्नुपर्ने हुन्छ। चिकित्सकहरू दुर्गम जान मान्दैनन्। त्यसैले स्थानीय स्तरमा जनशक्ति उत्पादन गर्नु आवश्यक छ।’

उनले सय शय्यामा सञ्चालन भइरहेको डडेल्धुरा अस्पताल तीन सय बेडमा स्तरोन्नति गरिने बताए।

us dintal patan
Leave A Reply

Your email address will not be published.