बैतडी:
बैतडीको सिगास गाउँपालिकाको दुदिलाखान–गाँजरी स्थानीयले अवरुद्ध गरेको छन् । सोमबार बिहानैदेखि दुदीलाखान–गाजरी–कुर्चेनेटा–गर्जे सडक संघर्ष समितिले सडक ठप्प गरेको हो । पुर्वसूचना गर्दै बन्दको घोषणा गरेका स्थानीयले सडक निमार्णको माग राखेका छन् ।
कुर्चीनेटादेखि गर्जे जोड्ने सडक निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै सडक बन्द गरिएको संघर्ष समितिका अध्यक्ष पवन चन्दले बताए ।
बन्दको अवज्ञा गरेर सवारी चलाएको पाइएमा यसउप्रान्त हुने घटनाको स्वयम सवारीधनीले जिम्मेवारी लिनुपर्ने समेत चेतावनी दिइएको छ ।
सडकका बिषयमा आवश्यक पहल चालिदिन सम्बन्धीत निकायहरुमा माग गर्दे ज्ञापनपत्र पेश गरेका थिए । तर कुनै सुनुवाई नभएपछि उनीहरुले सडक बन्द गर्नु परेको बताए । गरेका हुन् ।
स्थानीयले कुर्चीनेटादेखि गर्जे जोड्ने सडक र धौलाडीदेखि गर्जे जोड्ने दुवै सडक अघि बढाउनुपर्ने माग राखेका छन् ।