बैतडी:
बैतडीको पाटनले पुष २६ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । पाटन नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २६, २७ र २८ गते गर्ने निर्णय गरेको हो ।
प्रतियोगीता सञ्चालनको जिम्मा कृष्ण मावि पाटन-६ बैतडीलाई दिएको छ ।
पाटन नगरपालिका शिक्षा तथा खेलकुद शाखाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न नसक्ने भनेकोले कृष्ण माविलाई जिम्मा दिने नियर्ण गरेको नगरप्रमुख गौरीसिह रावलले बताए ।
कर्मचारी व्यवस्थापनमा सहयोग नमिल्ने तथा तनाव बढी भएकाले शिक्षा तथा खेलकुद शाखाले जिम्मेवारी नलिएको शाखा प्रमुख ललित पाण्डेले बताए । उनका अनुसार प्रधानाध्यपकहरुको बैंठक बोलाएर कृष्ण माविको जिम्मा दिने सहमती भएको हो ।