राष्ट्रपति रनिङ शिल्डको उपाधि मणिलेकलाई

ललित बोहरा/डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाको आयोजनामा भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि मणिलेक माविले जितेको छ। योसंगै मणिलेक माविले अजयमेरु गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि चौथो पटक कब्जा गरेको हो ।

मणिलेक माविले १० स्वर्ण, १० रजत र ४ कास्य गरी कुल २ ४ पदकसहित प्रथम भएको छ ।

प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १२ कास्य गरी २८ पदकसहित ।.सहश्रलिङ माध्यमिक विद्यालय दोस्रो स्थानमा आएको छ। भद्रपुर मावि तेस्रो स्थानमा स्थानमा आएको छ । भद्रपुरले १० स्वर्ण, १ रजत र १४ कास्य गरी २५ पदक प्राप्त गरेको छ।

विजेता बनेको मणिले माविले गत वर्षको रनिङ शिल्ड यो वर्ष पनि आफ्नो पक्षमा पार्दै प्रथम ट्रफी पनि उचालेको छ। दोस्रो र तेस्रो बनेका विद्यालयले पनि ट्रफी पाएका छन्। पहिलो, दोस्रो र तेस्रो बनेका विद्यालयहरूलाई गाउँपालिकाले नगद पुरस्कार स्वरूप क्रमशः ३५ हजार, २५ हजार, २० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

Leave A Reply

Your email address will not be published.