बैतडी:
बैतडीको पाटन–पञ्चेश्वर सडक अन्तर्गत पाटनदेखि लोर्खा करिब ४ किलोमिटर सडक निमार्ण भौतिक पूर्वाधार विकास कार्यालयले गर्ने भएको छ । स्थानीय धुलाम्य भएको भन्दै सडक नै १० दिनेदेखी अवरुद्ध गरेपछि छलफल थालिएको हो ।
सडक डिभिजन कार्यालय र भौतिक पूर्वाधार विकास कार्यालय बिच करिब चार किलोमिटर सडक निमार्णमा विवाद थियो । सडक कार्यालयले भौतिक पूर्वाधार कार्यालयलाई यस क्षेत्रमा रहेका योजनाको ठेक्का तोडेको पत्र दिएपछि निमार्णको जिम्मा लिएको इन्जिनियर नरेस राम भुलले बताए ।
‘सडकका योजनाहरु ठेक्का भएकामा हामीले काम गरेका थिए नै सडकले पत्रलेखी पठाएपछि अब हामीलाई सजिलो भयो उनले भने, अब यो बर्ष अपग्रेड हुन्छ सडक अगाडी बर्ष कालोपत्रका गर्ने बजेटका लागि प्रक्रिया थालनी हुन्छ ।’
पाटन–पञ्चेश्वर सडकको शुरुवात बिन्दु नै स्तरोन्नती नहुँदा यातायातका साधन सञ्चालनमा कठीनाइ हुने गरेको छ । साँघुरो र ठाउँठाउँमा खाल्डाखुल्डी भएकै कारण सवारी साधन सञ्चालनमा समस्या रहेको स्थानीय हिरालाल बिष्टलेले बताए । उनले भने ‘पाटन पञ्चेश्वर सडकको पाटनदेखि लोर्खा सम्म स्तरोन्नती नहुँदा समस्या भएको छ । सडकमा हिँडडुल गर्न नै मुस्कील भएको छ ।’
स्थानीयले गरेको अवरुद्ध पनि हटेको छ । गएको १० बर्षदेखि पाटन-पञ्चेश्वर सडकमा काम गर्दै आएका लेन्थवर्करले २०७६ साल असोजदेखि तलब पाएका छैनन् ।
स्थानीयले गरेको अवरुद्ध हटाउन पाटनमा भएको सहमती