डडेल्धुरा:
डडेल्धुराको अमरगढी नगरपालिकाको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विवाद सिर्जना भएको छ । रेफ्रिले फल नदिएको भन्दै आयोजक अमरगढी नगरपालिकामा निवेदन परेको छ । छात्र कबड्डी प्रतियोगितामा महेन्द्र मावि र उग्रतारा मावि बिच भएको प्रतियोगितामा बढी तौल र गैर विद्यार्थीलाई बिचमा खेलाईएको भन्दै उग्रतारा माविले निवेदन दिएको हो ।
७० केजी तौस सम्मका विद्यार्थीहरु लाई प्रतियोगितामा समावेश गरिनु पर्ने भएपनि महेन्द्र माविले प्रतियोगिताको बिचमा ७२ केजी तौल भएका विद्यार्थी खेलाएको उग्रतारा माविको आरोप छ । उनी महेन्द्र माविबाट १२ कक्षा पास समेत भएको गुनासो छ ।
अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत हेमन्तराज पन्तका अनुसार निवेदन माथि शिक्षकहरु बिच छलफल गरिरहेको छ । खेल्नुअघि तौल लिईने र त्यसका आधारमा खेलाईने हो ।
निवेदनमा भनिए अनुसार तौल बढी र १२ कक्षा पास गरेको भनिएपनि अर्को विषयमा भर्ना भएको पाईएको उनले बताए ।