डडेल्धुराको गन्यापधुरामा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा:

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ रेलको सीताराम माविमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रका खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु भएको रनिङ शिल्ड प्रतियोगिताको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्धघाटन गरिन् ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवा, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

पालिका अध्यक्ष कार्कीका अनुसार प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फरकफरक वडामा सञ्चालन हुँदै आएको छ । यसपटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाका ७ विद्यालयको सहमागिता रहेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.