डडेल्धुरा :
डडेल्धुरामा २० बर्षिीय एक युवती वेपत्ता भएकी छन् । जिल्लाको अजयमेरु गाउँपालिका-१ खतेडा (नोला) बस्ने भानसिंह भण्डारीको नातिनी सीता भण्डारी घरबाटै वेपत्ता भएकी हुन्।
सिता सुस्तमनस्थिति, एकोहोरो हेर्ने, गहुँगोरो वर्ण, आफ्नो नाम सीता कुमारी भण्डारी र दाईको नाम कल्यान भण्डारी सजिलै भन्न सक्ने रहेको दाई हरिष भण्डारीले बताए ।
यही पुष १६ गते बेलुकी ५ बजेदेखि अहिलेसम्म वेपत्ता भएकाेले फेला पार्न वा देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा 9848806065, 9848718644, 9848873873, 9848904995 मोबाइल नम्बरमा सम्पर्क गरिदिनुहुन आफ्न्तले अनुरोध गरेका छन् ।