डडेल्धुरामा लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ

डडेल्धुराः

डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–३ का २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय अशोक स्वाँर रहेका छन्।

अमरगढी नगरपालिका–१ स्याउलेबाट लागुऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.