ललित बोहरा/डडेल्धुरा :
डडेल्धुराको राजुलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
जिल्लाको अमजयमेरु गाउँपालिका वडा नम्बर ६ राजुलमा एक कार्यक्रमका बिच अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आईतबार कार्यकममा प्रमुख अथिती सुदुरपश्चि प्रदेश सभा सदस्य सरस्वती खड्काले प्रहरी पोष्टको उद्घाटन गरेको वडा नम्बर ६ का वडा अध्यक्ष हरि सिह भण्डारीले बताए । घरेलु हिसाँ लगायतका गैरकानुनी गतिविधी रोक्न प्रहरीले सहयोग गर्ने विश्वास दिएको अध्यक्ष भण्डारीले बताए ।
यो संगै अजयमेरु गाउँपालिका ६ वटै वडामा प्रहरी पोष्टहरु स्थापना भएका छन् ।
५ वडाहरुमा वडाको केन्द्रमा प्रहरीले सेवा दिइराखेको छ भने वडा नम्बर १ काे अनारखोलीबाट सेवा दिइरहेको अजयमेरू गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास)ले बताए । उनले भने, ‘स्थानीय सरकारले जनातका आधारभुत आवश्यकता पुरा गर्छ त्यस अनुसार सुरक्षा अती आवश्यक छ त्यसअनुसार प्रहरी चौकी स्थापना भएका छन् जिल्ला प्रहरी कार्यालयलाई धन्यावाद।’
राजुलमा स्थापना भएको अस्यायी चेक पेष्टमा सात जना प्रहरी खटीएका छन । यस्तै अपराध न्यूनीकरण ,सेवा प्रवाह तथा सिफारिस सम्बन्धि जनचेतनामूलक कार्यक्रम राजुलमै सम्पन्न गरिएको वडा सचिव भुवन पन्तले बताए ।
कार्यत्रक्रममा प्रदेश सांसद खडका, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, गाउँपालिका अध्यक्ष भट्ट, उपाध्यक्ष बसन्ती पाल, जिल्ला प्रहरी कार्यालका प्रमुख दिपककुमार कार्की, प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझा, अध्यक्ष भण्डारी लगायत राजनितीक दलका प्रमुख तथा प्रतिनिधी र स्थानीयहरुको सहभागिता रहको थियो ।