पाटन नगरपालिका बैतडीको चौथो नगर सभा सम्पन्न (विवरणसहित)

ललित बाेहरा

पाटन, बैतडी :

पाटन नगरपालिका बैतडीको चौथो नगर सभा सकिएको छ । नगर सभाको बैठकले केही योजनाको नाम संशोधन तथा अहिलेसम्म गरेको खर्च वितरण र कार्यपालिकाले गरेको निर्णय पारित गरेको छ ।

चालु आर्थिक बर्षको श्रावणदेखी पुष २० गतेसम्मको प्रगति विवरण शाखागत अनुसारको बहुमतले पारित गरेको वडा अध्यक्ष तथा समाजिक विकास समिति संयोजक हरिष बिष्टले बताए ।

योजना शाखा प्रमुख विरसिह महताले प्रस्तुत गरेको प्रगती विवरणमा १३ लाख ६७ हजार नगरपालिकाले राजस्व संकलन गरेको देखाएको छ । जसमा सबै भन्दा बढी जनसंख्या भएको वडा नम्बर ६ ले १ लाख १३ हजार राजस्व संकलन गदाँ वडा नम्बर ८ ले १ लाख ५ हजार संकलन गरेर दोस्रो स्थानमा छ भने सबै भन्दा कम वडा नम्बर ३ ले १९ हजार ९ सय मात्र राजस्व संकलन गरेको देखिएको छ ।

वडा नम्बर १ ले अहिले पुष २० गतेसम्म ७० हजार ३ सय २३, वडा नम्बर २ ले ७६ हजार ७ सय ३१, ४ ले ६१ हजार ५ सय १६, ५ ले ६८ हजार ५, ७ ले ३१ हजार ८ सय २०, ९ ले २९ हजार, र १० नम्बर वडाले ३१ हजार ८ सय ७५ राजस्व संकलन गरेको देखिएको छ ।

वडाहरुको जम्मा राजस्व ६ लाख ७ हजार मात्र भएकाले नगरपालिका संचालनका लागि राजस्व संकलनमा बिशेष ध्यान दिने पर्ने कार्यक्रमका सदस्य सचिव तथा पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढाले बताए ।

उनले भने, ‘हामीले करारका कर्मचारी र नगर स्वंमसेवको तलब आन्तरिक आयबाट भुक्तानी गर्नु पर्नेको हो तर शिर्षकबाट दिएका छौ जुन महालेखाले बेरुजु देखाएको छ । राजस्व संकलनमा सबै गम्भीर हुन आवश्यक छ ।’

नगर सभा सदस्यले नगरपालिकाले योजना लगायतका काममा गती नदिएकामा चिन्ता व्यक्त गरेका छन् । पुँजीगत खर्च ३ प्रतिशत भएकाले नगरपालिकाले कामको गती बढाउन नसकेको वडा नम्बर ४ का अध्यक्ष दिपक बिष्टले बताए ।

साथै उनले राजस्व संकलनमा पनि सबै वडाहरुलाई जिम्मेवार बनाउने तथा अनुगमन गर्ने कार्य नगरपालिकाले भएको बताए ।
यस्तै समाजीक विकास समिति संयोजक हरिष बिष्टले स्वास्थ्य क्षेत्रमा भएको प्रगतीको प्रसंशा गर्दै शिक्षा क्षेत्रमा आफुले प्ररिवर्तन गर्ने खोजेपनि  सवारी दुर्घटनामा परेकाले काममा केही बाधा पुगेको बताए ।

उनले बिद्यालय समायोजना लगायतका बिषयमा फेरी गम्भीर रुपमा छलफल हुनु पर्ने बताए । साथै शिक्षा शाखा सक्रियता माथि प्रश्न गर्ने ठाउँ रहेकाले काममा तिब्रता दिन सुझाव दिएका थिए ।

वडा नम्बर ६ का अध्यक्ष तथा उर्जा तथा जलस्रोत समिति संयोजक राजेन्द्र बिष्ट प्रतिवेदनमा खेलकुद तथा विद्यालय क्षेत्रको प्रगती विवरणमा उल्लेख नदिएकाले उल्लेख गर्नु पर्नेमा जोड दिए । वडा नम्बर ६ नगरपालिकाको केन्द्र भएको स्थानमा भएकाले बजारमा गरेका कामको नगरपालिकालाई जानकारी दिनु पर्ने बताए ।

वडा नम्बर ७ का अध्यक्ष तथा विद्यायन समिगि संयोजक ललित चन्दले नगरपालिकाले बिद्यालय समायोजन मापदण्ड बनाएपछि आफ्नो वडाले दुई बिद्यालय संमायोजन गरेको बताए । अरु वडाका बिद्यालयहरु मापदण्ड अनुसार समायोजन नभएको र राजनितीक पूर्वाग्रहमा प्रधानाध्यपक परिर्वतन भएको आरोप लगाए ।
उनले अटो संचालन लगाएतका कार्यविधिहरु निमार्णधिरमा रहेको नगरसभालाई जानकारी गराए ।

यस्तै आर्थिक विकास समिती संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष धनबहादु कुवँरले सबैको सल्ल्लाह बमोजीम काम भइरहेको नगर सभालाई जानकारी गएका छन् । उनले कृषि क्षेत्रमा लगानी कम भएको प्रति चिन्ता व्यक्त गरे ।

नगर प्रमुख गौरीसिह रावलको अध्यक्षमा सम्पन्न भएको नगरसभामा नगरसभा सदस्यले पालैपालो आफनो सुझाव तथा प्रश्नहरु राखेका थिए ।

प्रगती विवरण…

 

us dintal patan
Leave A Reply

Your email address will not be published.