पाटन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु, १५ बिद्यालय सहभागी

ललित बोहरा
पाटन, बैतडी :
बैतडीको पाटनमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । नगरप्रमुख गौरीसिह रावलको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको उद्दघाटन सत्रमा पूर्व मन्त्री तथा संघिय सांसद दामोदर भण्डारीले प्रमुख अतिथी रहेका थिए ।

नगरपालिकाभरीका १५ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी र एथेलेटिक्सका खेलहरु भइरहेको नगरपालिकाका शिक्षा अधिकृत ललित पाण्डेले बताएका छन्

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई शिल्डसहित नगद पुरस्कार समेत प्रदान गर्ने तयारी रहेको शिक्षा अधिकृत पाण्डेले बताए ।

कृष्ण मावि पाटनको खेलमैदानमा भइरहेको प्रतियोगिताको व्यस्थापनको जिम्मा समेत कृष्ण माविलाई नै दिएको छ । प्रतियोगीता शनिबारसम्म सञ्चालन हुने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारी, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मासहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, पाटन नगरपालिका अन्तरगतका वडा अध्यक्षहरु, सहभागि विद्यालयका खेलाडीसहित शिक्षक लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.