बैतडी:
बैतडीको पाटनमा सामाजीक सद्भावनाका लागि पुरुष सहभागीता सम्बन्धी श्रीमान-श्रीमती अथार्त जोडी तालिम सुरु भएको छ ।
नगरपालिका वडा नम्बर ४ ढाँडमा जोडी तालिम आयोजना गरेको पाटन नगरपालिका महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखा प्रमुख विष्ना बिष्ट भण्डारीले बताईन् । सोमबार वडा कार्यालयको हलमा वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिह बिष्टले तालिमको उद्घाटन गरेका हुन् ।
दुई दिने अन्तरक्रिया कार्यक्रममा लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजीक सद्भावना जोगाउन तालिमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष बिष्टले सामाजीक सद्भावना जोगाउने काम श्रीमान-श्रीमतीकै हो ।
अध्यक्ष बिष्टले श्रीमान-श्रीमतीमा मनमुटाब भए छोरा छोरीमा समेत असर पर्ने भएकाले आफ्ना नराम्रो अनीबानीहरु परिर्वतन गरी सुखी परिवारको निमार्ण गर्नमा सहयोग गर्न आग्रह गरे । मंगलबार सम्म चल्ने तालिममा १० जोडी वा श्रीमान-श्रीमतीहरुको सहभागीता रहेको वडा नम्बर ४ का वडा सचिव प्रतिभा कुमारी शार्कीले बताइन् ।