ललित बोहरा
बैतडी : परराष्ट्रमन्त्री एनपी साउदले बैतडीको झुलाघाट र डडेल्धुराको परशुरामा मोटेरेवल पुल छिटै सिलन्यास हुने बताएका छन् । शुक्रबार बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटमा श्रीकेदार सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।
भारतसंग पछिल्लो समयमा बैतडीको झुलाघाट र डडेल्धुराको परशुरामको मोटेरेबल पुलका लागि अन्तिम छलफल भएको बताए । उनले भने, ‘झुलाघाट र परशुराममा पुल बन्छ तयारी कम भयो भनेर भारतीय पक्षबाट सिलन्यास अहिले ने गर्न मान्ने अब छिटै निमार्णको सिलन्यास हुन्छ । ’
महाकालि करिडोरका लागि अहिले सरकारले १ अर्ब बजेट विनीयोजन गरेकाले निमार्ण ति ब्र निर्देशन दिएको मन्त्री साउँदले बताए । उनले भने, ‘यो बर्ष बजेट १ अर्ब भएको छ हामी बजेट व्यवस्था गरेर करिडोर निमार्ण गछौँ।’
यसका साथै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्त्वपूर्ण र फलदायी भएको दाबी गरे। ‘भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायतका हामीबीच सम्झौता भएका छन्’, उनले भने, ‘दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि जयशंकरको नेपाल भ्रमण सार्थक रह्यो।’
सांस्कृतिक महोत्सव र व्यापार मेला शुरू
दोगडाकेदारमा बृहत कृषि, पर्यटन स्वास्थ्य शिविरसहित सांस्कृतिक महोत्सव र व्यापार मेला शुरू भएको आयोजक श्रीकेदार संस्कृति संरक्षण समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
संस्कृतिको संरक्षण गर्ने र स्थानीय बजारको विकासका लागि मेलाको आयोजना गरिएको भट्टको भनाइ छ ।
आगामी माघ २ गते सम्म सञ्चालन हुने सांस्कृतिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागिता रहने बताइएको छ । महोत्सव तथा व्यापार मेलामा विभिन्न स्वास्थ्य शिविर सञ्चालन हुनुका साथै स्थानीय उत्पादनहरुको विक्रि वितरणका लागि स्टलहरु राखिएका छन् ।
महोत्सवकै समयमा स्वास्थ्य कार्यालयको सहयोगमा खानेपानीको मूहानहरुको परीक्षण गर्ने कार्यक्रम रहेको छ भने घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम समेत तय भएको छ। यस्तै पौष २८ र २९ गते आँखाका बिरामीहरुका लागि शल्यक्रियासहितको शिविर सञ्चालन हुने बताइएको छ ।
गेटा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सञ्चालनको तयारी भएको हो । महोत्सव तथा व्यापार मेलाको समयमा स्थानीय नागरिकहरुलाई विभिन्न सरकारी सेवाहरु घरदैलोमा पुर्याउने प्रयास भइरहेको अध्यक्ष भट्टले बताउनुभयो।