नेपाल-भारत सीमा समस्याबारे ‘बाउन्ड्री वर्किङ ग्रुप’ले काम गरिरहेको छ: परराष्ट्रमन्त्री साउद

ललित बोहरा
बैतडी : परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए। शनीबार बिहान नेपाल प्रेस युनियन बैतडीले पाटनमा आयाजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले यस्तो बताएका हुन् ।

सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुप अहिले पनि काम गरिरहेको बताए ।
‘कालापानी, लिम्पियाधुरा लिपुलेक, सुस्ताबाहेकका सिमामा धेरै सहमति भइसकेको छ। जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपको बैठकमा ‘कालापानी, लिम्पियाधुरा लिपुलेक लिपियाधुरा र सुस्ताको बारेमा छलफल गर्ने एक बुद्दा नै रहेको उनको दाबी छ ।

यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले अहिले काम गरिरहेको छ। लिपियाधुरा लगायतका क्षेत्रको पनि त्यहाँ छलफल हुन्छ’।

उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्णरूपमा सजग रहेकोसमेत बताए। सीमा समस्या वार्ता, छलफल र कूटनितिक पहलबाट टंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो।

डडेल्धुराको परशुरामको शिर्ष र बैतडीको झुला डीपीआर अन्तिम चरणमा पुगेको मन्त्री साउदले बताए । डिपिआर तयार भएपछि निमार्ण प्रक्रिया सुरु हुने बताए ।
मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरेका छन्। उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रुक हुने बताए।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो। मन्त्री साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.