पाटन नगरस्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी कृष्ण माविलाई, त्रिपुरेश्वर उप-विजेता

ललित बोहरा /पाटन बैतडी :  बैतडीको पाटन नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आईतबार सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधी कृष्ण मावि पाटन-६ ले जितेको छ । ६ स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको कृष्ण माविले २५ हजार नगदसहित, शिल्ड, ट्रफि, प्रमाणपत्र प्राप्त गरेको छ । यो संगै कृष्ण माविले तेस्रो पटक शिल्ड जितेकाे छ ।

प्रतियोगिताको उप- विजेता पाटन नगरपालिका ५ मा पर्ने त्रिपुरेश्वर मावि कुलडा भएको छ । त्रिपुरेश्वरले ५ स्पर्ण, ३ रजत पदक प्राप्त ग¥यो । उसले नगद १५ हजार पुरस्कार प्राप्त गर्यो । ५ स्वर्ण, २ रजत र १ कास्यसहित सरस्वती मावि पाटन-१० सल्लेबासाले तेस्रो स्थान हासिल गरेको छ । सल्लेवासले १० हजार पुरस्कार प्राप्त गरेको शिक्षा तथा युवा खेलकुद विकास शाखा प्रमुख ललित पाण्डयेले बताए ।

फोटो: त्रिपुरेश्वर मावि कुलडाका खेल शिक्षक

कृष्ण माविको खेलमैदानमा भएको प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको पाटन नगरपालिकाले जनाएको छ । यस्तै मार्चपासमा पनि कृष्ण मावि पहिलो नै भएको छ भने अनुशासनमा पहिलो हुदै सिद्धेश्वर मावि हुक्केडाँडाले नगद ५ हजार प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख गौरीसिह रावल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष चमनकुमार भण्डारी, वडा अध्यक्षहरु लगायतको सहभागिता नगरपालिकाले जनाएको छ ।

फोटो: सरस्वती मावि पाटन १० सल्लेबासा

कृष्ण माविका प्रधानाध्यपक नगर प्रमुखबाट प्रमाणपत्र ग्रहण गदै

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.