बैतडीको शाहिलेकमा कपडा बैँक सञ्चालनमा आउने

बैतडी : बैतडीको शाहिलेकमा कपडा बैँक सञ्चालनमा आउने भएको छ । शोमबार कपडा बैँकको उद्घाटन गरेसंगै सञ्चालनमा आउने युवा समाजसेवी महेश दत्त भट्टले बताए ।
हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागीता जनाऔ भने उदेश्यसहित अनाथ तथा असहाय बालबालिकाहरुलाई न्यानो लुगा दिएर माघ १ गते शुभारम्भ गरिने भट्टले बताए ।

sanke

आईतबारदेखी कपडा बैंकका लागि कपडा संकलन सुरु भएको उनले बताए । महेश दत्त  भट्ट, हेमबाबु लेखक, मोहित भण्डारी र विवेकान्द पाण्डेयले मिलेर कपडा बैँक सञ्चालन गर्न लागेका हुन् ।  बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत विश्वास लिएको छ ।

Leave A Reply

Your email address will not be published.