सांसद जोशीले दिए शिक्षक सेवा आयोग निकाल्न सफल शिक्षकलाई बधाई पत्र

डडेल्धुरा: डडेल्धुरा प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले प्राथमिक तह, तृतीय श्रेणिमा नाम निकाल्न सफल भएकाहरूलाई बधाई पत्र दिएका छन्।

उन्नती, प्रगतिसँगै शिक्षा क्षेत्रको आमुल परिवर्तनका लागि अतुलनिय योगदान रहने विश्वासका साथ बधाई पत्र दिइएको जोशीका स्वकीय सचिव सुरेन्द्र मल्लले जानकारी दिए।

डडेल्धुराबाट शिक्षक सेवा आयोगको प्राथमिक तह, तृतीय श्रेणिमा नाम निकाल्न सफल भएका शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र दिइएको छ।

सोमबार शिक्षा विकास तथा समुन्वय इकाइ डडेल्धुराले एक कार्यक्रमकाबीच स्थायी नियुक्ति पत्रसहित डडेल्धुराबाट प्रावि तह, तृतीय श्रेणिमा नाम निकाल्न सफल ७२ जना शिक्षकलाई विद्यालयमा खटाएको हो।

शिक्षक सेवा आयोगको प्राथमिक तहमा नाम निकाल्न सफल भएका सबै शिक्षकलाई स्थायी नियुक्ति पत्रसहित जिल्लाका सात वटै स्थानीय तहका विद्यालयमा खटाइएको शिक्षा विकास तथा समुन्वय इकाइ डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.