नास्टद्धारा बैतडीमा पहिलो पटक विज्ञान लेखन तालिम सुरु

बैतडी : नेपाल विज्ञान तथा प्रविधि प्रभा प्रतिष्ठान (नास्ट) ले विज्ञान लेखन तालिम तीन दिने सुरु गरेको छ । बैतडी जिल्ला सदरमुकाममा शोमबारबाट यहाँका पत्रकारहरुलाई विज्ञानसम्बन्धीका खोजमुलक समाचार लेखन सिकाउने उदेश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

विज्ञान तथा प्रविधिका सूचना तथा समाचार लेखन तथा समाज प्रविधि कसरी जोडने लागयतका बिषयमा पत्रकारलाई क्षमता अभिविद्धी गर्ने उदेश्यले तालिम सुरु भएको प्रशिक्षक तथा विशिष्ठ पत्रकार छत्र कार्कीले बताए । तालिमको एक औपचारीक कार्यक्रम नगर उपप्रमुख कौशिला चन्दले तालिमको उद्घाटन गरेका हुन् । माघ १ गतेबाट सुरु भएको तालिम ३ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.