बैतडी:
बैतडीमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परि चालक र सहचालक घाइते भएका छन् । जिल्लाको मेलौलीबाट पाटनतर्फ जादै गरेको टिप्पर बिहीवार बिहान मेलौली नगरपालिका-६ लामालेकमा दुर्घटनामा परेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनामा परी टिप्पर चालक र सहचालक घाइते भएका छन् । चालक मेलौली १ का २४ बर्षीय गम्भीर टमटा र सहचालक मेलौली १ कै १९ बर्षीय रोहित दयाल घाइते भएका हुन् । घाइते दयालको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।