पञ्चेश्वरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

बैतडी : पञ्चेश्वरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ। जवलपुर माबि सैलोडाको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरि प्रतियोगिता सञ्चालन भएको हो।

गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिमबहादुर चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ। पानसमा दियो बालेर प्रतियोगितको उद्घाटन गरिएको छ।

यसैगरी उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना भट्ट, पाटन नगरपालिका उप-प्रमुख कमल बोहरा (अपि), मेलौली नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट बिशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, पालिका कर्मचारी, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, पत्रकारहरु लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रतियोगितामा पालिकाभरीका ९ माध्यमिक विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन रहने छ।

Leave A Reply

Your email address will not be published.