६९ जनाको उम्मेदवारी दर्ता, बारामा मात्रै २४ जनाको स्वतन्त्र उम्मेदवारी

काठमाडौं:

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार तीनवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ। चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा गरी प्रतिनिधि सभाका लागि जम्मा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सबैभन्दा धेरै बारामा परेको छ। बारामा ३६ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन्। यस्तै जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहले दिएका छन् भने नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन्।

यस्तै राप्रपाबाट सोनालाल प्रसाद सातेली, नेमकिपाबाट मुक्तिप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीबाट नेजारुल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रमोद राम चमार, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीबाट कमरुल्लाह अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनिफ मिया अनुसारी र आम जनता पार्टीबाट अरुणकुमार ज्ञवालीले उम्मेदवारी दिएका छन्। अन्य २४ जना भने स्वतन्त्र उम्मेदवार रहेका छन्।

यस्तै अर्को रोचक मानिएको चितवन क्षेत्र नम्बर २ मा पनि २४ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये १२ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। चितवन–२ मा मुख्यगरी कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच भिडन्त हुने देखिएको छ।

यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चितवन–२ मा उम्मेदवार उठाएको छ। उक्त पार्टीबाट जीवलाल पुरी उम्मेदवार छन्। यस्तै नेमकिपाबाट ज्ञानेन्द्रराज शर्मा, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैशी, मंगोल नेशनल अर्गनाइजेसनबाट टेकबहादुर तामाङ, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन, राष्ट्रिय नागरिक पार्टीबाट योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारी र जय जनमूभि पार्टी नेपालबाट प्रेमबहादुर खड्का उम्मेदवार रहेका छन्।

यता ९ जनाको मात्र उम्मेदवारी परेको तनहुँ १ मा भने सबै दलका तर्फबाट उम्मेदवारी परेको छ। यसअघि रामचन्द्र पौडेलले जितेको क्षेत्रमा पनि त्रिपक्षीय भिडन्त नै हुने देखिएको छ। जहाँ कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, कांग्रेस त्यागेर रास्वपाका उम्मेदवार बनेका डा स्वर्णीम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेमकिपाबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनार र नेकपा कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठले उम्मेदवारी दिएका छन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!