नवदुर्गा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरीलाई

ललित बोहरा
डडेल्धुरा :
डडेल्धुराको नवदुर्गा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी मावि बेडुपानीले पाएको छ ।

गाउँपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी मावि नवदुर्गा गाउँपालिका -२ बेडुपानीले जितेको हो । प्रतियोगीतमा दोस्रो वीरबलभद्र मावि नवदुर्गा गाउँपालिका- १ कोटेली, तेस्रो गौडेश्वर मावि नवदुर्गा गाउँपालिका- ४ बेलापुर भएको आयोजकले जनाएको छ ।

sanke

प्रतियोगीतमा गाउँपालिकामा भित्रका ७ विद्यालय सहभागिता रहेको छ । एथ्लेटिक्स, भलिबल, कबड्डीका १६ विधाका खेलहरु खेलाइएको गाउँपालिकास्तरीय युवा तथा खेलकुद समिति संयोजक एवं वडा नम्बर २ का वडाध्यक्ष दिलबहादुर विष्टले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीको प्रमुख आतिथ्यतामा सम्पन भएको प्रतियोगितामा विशिष्ट अतिथि उपाध्यक्ष निर्मला बोगटी थिइन ।

 

 

Leave A Reply

Your email address will not be published.