शैक्षिक गुणस्तर सुधार लागि नवदुर्गामा अतिरिक्त कक्षा सञ्चालन

डडेल्धुरा:

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले पालिकाअन्तर्गत कक्षा ८ र १० मा अध्ययनरत छात्रछात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले मंगलबारदेखि ट्युसन कक्षा सञ्चालन गरेको हो।

पालिका भित्र रहेका कक्षा ८ र १० मा पढ्ने विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। उनका अनुसार अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन हुने छ।

गाउँपालिकाले अतिरिक्त कक्षा पढाउने शिक्षकलाई नगद प्रोत्साहन दिने भएको गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी बिष्टले बताइन् । अतिरिक्त कक्षामा अध्यापन गराएबाफत शिक्षकलाई एक विषयको प्रति विद्यार्थी तीन सय रुपैयाँ उपलब्ध गराउने गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी बिष्टले बताइन् ।  उनले मंगलबारदेखि सुरु भएको अतिरिक्त कक्षा वार्षिक परीक्षासम्म सञ्चालन हुने बताए।

गाउँपालिकाभित्र आधारभूत (१–८) र माध्यमिक विद्यालय ७/७ वटा रहेका छन्। अतिरिक्त कक्षाको शिक्षा शाखा र जनप्रतिनिधिले अनुगमन गर्ने छन्।  सोमबार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.