खोड्पेबाट पहिलो पटक एम्बुलेन्स सेवा सुचारु

बैतडी:

बैतडीको खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु भएको छ । बैतडी,बझाङ र डडेल्धुरा जोड्ने जिल्लाको मुख्य नाका खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरिएको हो ।

सिद्धेश्वर स्वास्थ्यचौकीले सञ्चालन गर्ने गरेर खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । पाटनमा ख वर्गको एम्बुलेन्स सेवा सुरु भएपछि पहिले पाटनमा सञ्चालीत एम्बुलेन्स खोड्पेबाट सञ्चालन गर्ने निर्णय कार्यपालिकाबाट भएको उपप्रमुख कमलसिह बोहराले बताए ।

खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि जिल्लाको पाटन नगरपालिकाको वडा नम्बर १ को माथिल्लो भेग, वडा नम्बर ८, ९ र १० सहित सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकले समेत सेवाले दिने उप्रमुख बोहराले बताए । आकस्मिक बिरामीहरुलाई अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्स नहुँदा समस्या भइरहेको थियो । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि अब सहज हुनेछ ।’

पाटन नगरपालिकाले हालै नयाँ एम्बुलेन्स खरीद गरेपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गर्दै आएको एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो । सिद्धेश्वर स्वास्थ्यचौकीमा अब नियमित चौबिसै घण्टा एम्बुलेन्स सेवा सञ्चालन हुने सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले बताए ।

एम्बुलेन्सको जिल्ला दररेट अनुसार दररेट कायम गरिने वडा अध्यक्ष बिष्टले बताए । समस्यामा परेका, अति विपन्न नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरुलाई सहज तरीकाले एम्बुलेन्स सेवा उपलब्ध गराउने बिषयमा छलफल भइरहेको वडा अध्यक्ष बिष्टले बताए ।

दशरथचन्द राजमार्ग, जयपृथ्वीराज र भीमदत्त राजमार्ग जोड्ने मुख्य बजारको रुपमा रहेको खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि सबैलाई सहज भएको स्थानीयहरुले बताएका छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.