यो बर्ष उग्रतारा क्षेत्रमा लिप्ट खानेपानी पुग्ने, तिव्र गतिमा योजनाको निर्माण हुदै

ललित बोहरा / डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-८ का अधिकाश क्षेत्रमा खानेपानीको चरम समस्या छ । त्यो समस्यालाई समाधानका लागि वडा अध्यक्ष नरबहादुर  साकी आफै रात दिन फिल्डमै छ । वडा नम्बर ८ का गाउँ तथा टोलका लागि शाेलार लिप्ट र विद्युतीय लिप्ट गरेर दुई योजना निमार्ण हुदै छन् ।

खनमडा गाउँमा बिद्युती लिप्ट खानेपानी पुगी सकेको छ भने उग्रतारा मन्दीर नजिकबाट वितरण गर्ने गरी डौडाखोलाबाट जोखीम मोलेरै योजना निमार्ण भइरहेको छ । जसको अनुगमन मात्र हैन जोखीमसहित अधिकास ठाउँहरुमा आफु नै काममा पुग्छन वडा अध्यक्ष साकी ।

संघिय सरकारको बजेटमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत उपभोक्ता समितिले काम गरिएको छ । खानेपानीको समस्यामा परेका उपभोक्ता समितिले पनि काममा तिव्रता दिएका छन् ।

यो आर्थिक बर्षभित्र उग्रतारामा खानेपानी पुगाउने लक्ष्यका साथ काम भइरहेको समिति अध्यक्ष श्याम बहादुर साकीले बताए । तीन करोडको योजनामा यो बर्ष २० लाख बजेट विनियोजीत भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख कृष्ण बहादुर बोगटीले बताए ।

चालु आर्थिक बर्षमा खानेपानी उग्रतारामा पुग्ने र आगामी आर्थिक बर्षबाट एक घर एक घारा अभियान थालिने डिभिजन कार्यालयका प्रमुख बोगटीले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.