ललित बोहरा, पाटन / बैतडी
बैतडीका १० वटै स्थानीय तहले संस्थागत क्षमता स्वमुल्याङ्कनको नतिजा सार्वजनीक गरेका छन् । आर्थिक वर्ष २०७९÷८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन आफ्नो आधिकारी वइवसाईटबाट सार्वजनिक गरेर सोको जानकारी लिजालाई समेत गरेका छन् ।
सार्वजनिक नजिगता अनुसारे पञ्चेश्वर गाउँपालिका स्वमुल्याङ्कनमा बैतडीमै पहिलो भएको देखिएको छ भने सुर्नया गाउँपालिका रेडजोनमा परेको छ ।
जिल्लाको सदरमुकामको दशरथचन्द नगरपालिकाको औसत ७४ प्रतिशत, पुर्चौडी नगरपालिकाको ८५.५ प्रतिशत, पाटन नगरपालिकाको ५०.५प्रतिशत, मेलौली नगरपालिकाको ६४ प्रतिशत रहेको छ । भने पञ्चेश्वर गाउँपालिकाको ८५.२५ प्रतिशत,डिलासैनी गाउँपालिकाको ६९ प्रतिशत रहेको छ । दोगडाकेदार गाउँपालिकाको ७९.७५ प्रतिशत शिवनाथ गाउँपालिकाको ७७.७५ प्रतिशत सिगास गाउँपालिकाको ६७.२५ प्रतिशत र सुर्नया गाउँपालिकाको ४५ प्रतिशत रहेको पाइएको छ ।
स्थानीय तहमा देखिएका समस्या समाधान गरी थप जिम्मेवार बनाई सेवाप्रवाह प्रभावकारी बनाउने विशेष उद्देश्यका साथ स्थानीय तह स्वमूल्यांकन ९लिजा० प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
संघीय प्रणालीअनुसार संविधानले नै स्थानीय तहलाई असीमित अधिकार दिएको छ । स्थानीय तहले अधिकार दुरुपयोग गरी शासकीय प्रणालीलाई नै विकृत तुल्याउन सक्ने अवस्थालाई नियन्त्रण गर्न लिजा प्रणालीलाई कार्यान्वयनमा ल्याइएको हो ।
प्रशासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना, वित्तिय एवं आर्थिक स्थिति, सेवा प्रवाह, न्यायिक स्थिति, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण लगायतका सूचकका आधारमा गरिएको स्वमुल्याकंन अनिर्वाय सार्वजनिक गर्नेपर्ने लिजाले जनाएको छ ।
स्थानीय तहहरुमा काम गरेका कामगजात लिजाले भनेअनुसारका पेश गर्ने नसक्दा अधिकास पालिकाको नतिजामा कमी भएको एक सरकारी अधिकारीले बताए । लिजाको नम्बरका आधारमा संघिय सरकारले अनुदान रकमको व्यवस्था गर्न गर्छ ।
स्थानीय तहले गरेको स्वमूल्यांकनलाई जाँच गर्ने जिम्मेवारी भने जिल्ला समन्वय समितिलाई दिएको छ ।
के हो स्वमूल्याङ्कन ?
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले स्थानीय तहको वर्तमान अवस्था र सुधार गर्नु पर्ने पक्षहरूको लागि आवश्यक रणनीतिक कार्यदिशा तय गर्न अहम् भूमिका निर्वाह गर्ने एउटा औजारको रूपमा रहेको छ ।
यसले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको आधार प्राप्त गर्न र स्थानीय तहहरूको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ ।
स्थानीय तहले गरेका राम्रा अभ्यास, सिकाई र उपलब्धिहरूलाई उजागर गर्दै सुशासन प्रवर्द्धन गर्न सुधारात्मक पक्ष तथा चुनौतीको पहिचान गरी नीतिगत कार्य योजना तयार गरी कार्यान्वयन गर्नु नै स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनको मुख्य उद्देश्य रहेका छन् ।
स्थानीय तहको वर्तमान अवस्था, कार्य सम्पादनका सिलसिलामा अपनाइएका र अपनाउनु पर्ने प्रक्रियाहरू, सम्पादन गरिएका असल अभ्यासहरू र सम्पादन गर्न बाँकी रहेको कार्यहरूको स्थिति पत्ता लगाउन स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन अपरिहार्य रहेको छ ।
समग्र सूचकको स्वमूल्याङ्कन पश्चात् स्थानीय सरकारको क्षमता अभिवृद्धि तथा सुधारको लागि रणनीतिक योजना तयार गरी सेवा प्रवाह, सुशासन तथा जबाफदेहिताको क्षेत्रमा सुधार भई समावेशी, जबाफदेही, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरी स्थानीय सरकार भएको प्रत्याभूति गर्न सकिन्छ ।