स्वमूल्याङ्कनमा डडेल्धुराको भागेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट, नवदुर्गा कमजाेर

ललित बाेहरा,बैतडी : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डडेल्धुराको भागेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको छ ।

सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा भागेश्वरले ९१ अङ्क हासिल गर्दै जिल्लाको उत्कृष्ट बनेको हो । यस्तै ७६.२५ अङ्क प्राप्त गरेर अमरगढी नगरपालिका र आलिताल गाउँपालिकाले दोस्रो स्थान हासिल गरेका छन् । भने, ६९ अङ्क ल्याएर परशुराम नगरपालिका तेस्रो स्थानमा अटाएको छ ।

अजयमेरु र गन्यापधुराले ६५.७५ प्रतिशत पाउदाँ नवदुर्गा गाउँपालिकाको ६३.५ प्रतिशत प्राप्त गरेर अन्तिम भएको छ ।

सुदूरपश्चिममा ९५.५ अङ्क ल्याएर डोटीको आदर्श गाउँपालिका प्रदेशमै उत्कृष्ट बनेको छ । ९१ अङ्क ल्याएको भागेश्वर प्रदेशमै दोस्रो भएको छ ।

भागेश्वर गाउँपालिकामा त्तकालीन जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय लगायतका क्षेत्रमा लामो अनुभाव भएका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारती कार्यरत छन् । गत विगतका करार राखेका प्राविधिक कर्मचारीहरुको समेत चालु आर्थिक बर्षको सुरुमा नै परिक्षा का कर्मचारीहरुको समेत परिक्षा लिएर पास भएकालाई मात्र फिल्डमा खटाएका छन् ।

us dintal patan
Leave A Reply

Your email address will not be published.