धनगढी :
राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पछि पार्दै गठवन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।
गठबन्धनका तर्फबाट महिला तर्फ माओवादीकी रेनु चन्द ४ हजार ४ सय ५३ मत पाएर विजयी भएकी छन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्टले ४ हजार ४ सय १९ मत पाएका छन् । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा ४ हजार ३ सय ४७ मतका साथ विजयी भएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेका थिए ।