सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट बहुमत सदस्यले भट्टलाई हटाए, धामीलाई जिम्मेवारी

कैलाली :

माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् । माओवादी बहुमत प्रदेशसभा सदस्यहरूले भट्टलाई हटाएका हुन् । नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कर रावलले बताए ।

धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए ।

धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी सुदूरपश्चिमको पूर्व वनमन्त्री समेत हुन्। सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ। -नेपाल प्रेस

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.