ललित बोहरा/बैतडी : बैतडीलगायत स्थानीय तहमा निमार्ण हुने भनीएका अधिकास आधारभूत अस्पतालहरु अलपत्र छन् । कतै फिल्ड काटेर छोडिएका छन भने कतै जग खन्नेर ठेकेदारहरु सम्र्पक विहिन छन् ।
बैतडीको बिच केन्द्र मानीने पाटन नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माण शुरु भएको तीन बर्षमा एक पिल्लर निमार्ण हुदै छन ।
सिनर्जी प्रधान जेभीले १४ करोडमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको भएपनि अस्पताल संरचनाको फिल्ड कटिङ र वाल मात्रै निर्माण भएको छ भने केही दिन पहिले मात्र पिल्लर निमार्ण सुरु गरिएको छ ।
अहिले जग लाग्ने काम भइरहेको छ । निर्माण कम्पनीले पेस्की र रनिङ बिल गरी जम्मा २ करोड २० लाख रुपैया बुझी सकेको पाटन नगरपालिकाले जनाएकाे छ ।
पछिल्लो समयमा ठेकेदार नै सम्पर्कविहिन भएपछि नगरपालिकाले बैँक ग्यारेन्टी रोक्न बैकलाई पत्र पठाएको नगर उपप्रमुख कमल सिह बोहराले बताए । उनले भने, ‘ठेकेदारले काममा ठिलासुस्ती गरेकाे छ नगरपालिकाले पत्र काटेपछि अहिले काम गदैछ नसके ठेक्का रद्धका लागि सिफारिस हुन्छ।’
निमार्ण सम्पन्न गर्ने सम्झैता मिति यही चैतमा सकिदैछ ।
पाटनमा अस्पताल नहुदाँ प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा समस्या छ । अस्पताल निमार्ण नभएपछि यहाँका नागरिक चिन्तीत छन् । छिटो अस्पताल निमार्ण गर्नु पर्ने स्थानीय रमेश पन्तको माग छ ।