सुदूरपश्चिम: माओवादी दल नेता फेर्ने निर्णय सच्याउन प्रदेश कमिटीकाे निर्देश

बैतडी :  सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ।

प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएपछि सच्याउन माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले निर्देशन दिएको हो।

माओवादी केन्द्र, सुदूरपश्चिमका प्रदेश कमिटीका अध्यक्ष हरिचौधरी (उत्सव) र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा केन्द्रीय कार्यालयको निर्देशनको अवज्ञा, पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने तथा कार्यकताहरूको मनोभावनाको विपरीत भएको भन्दै दलको नेता फेर्ने निर्णय सच्याउन भनिएको छ।

प्रदेश कमिटीका अध्यक्ष चौधरीले माओवादी केन्द्रबाट विजयी ६ जना प्रदेश सभा सदस्यले गल्ती गरेको बताएका थिए।

संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो। भट्टलाई हटाएर धामीलाई दलको नेता चयर गरेपछि माओवादी पार्टीको प्रदेश कमिटीको बैठक बसेको थियो। सुदूरपश्चिममा मन्त्री फेरबदलको विषयले माओवादीभित्र आन्तरिक द्धन्द्ध बढेको छ।

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११ सदस्य छन्। अहिले उनीहरू दुई भागमा विभाजन भएका छन्। दलको नेता फर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरू शिवसिंह ओली, ओमविक्रम भाट (सरल), राज्यमन्त्रीसमेत रहेकी गीतादेवी माल र लक्ष्मी विकले हस्ताक्षर गरेका छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.